१८ असार २०८३, बिहिबार

सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सरकार र मिटरब्याज पीडितबीच सहमति भएको छ ।

आज गृहमन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पीडितबीच चारबुँदे सहमति भएको हो । सहमतिसँगै आन्दोलनरत पीडितले आन्दोलन स्थगित गरेका छन् ।

दुई पक्षबीच तीन सदस्यीय अनुचित विरुद्ध जाँचबुझ आयोग गठन गर्ने, अवैध लिखत खारेज गर्ने लगायत रहेका छन् । सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपछि गृहमन्त्री लामिछाने पीडितहरु बसिरहेको स्थान भृकुटीमण्डपमै पुग्नुभएको थियो ।