
काठमाडौं, २८ फागुन । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
वीरगंजबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगो लागेको हो । ट्रकमा लागेको आगो पुलमा समेत सल्किएको थियो ।
लम्कीचुहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । एकआपसमा घर्षण भएर लाइटरबाट आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया