१७ असार २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा उम्मेदवारी दिने, बझाङ-१ मा नदिने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने भएको् छ ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । यस्तै बैठकले बझाङको प्रदेशसभा (१) को उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

यी दुई क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो।

यस्तै, बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधन भएको थियो ।