१८ असार २०८३, बिहिबार

प्रधानमन्त्रीले लिखित सहमति गरेपछि मात्रै एकीकृत समाजवादीले विश्वासको मत दिने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा हामीले केही निर्णय गरेनौं । हामीले प्रधानमन्त्रीलाई केही भनेका छौं । उहाँले त्यो कुरामा लिखित रुपमा नै सहमति जनाउनुभयो भने निर्वाचनमा भोट दिन सक्छौं र विश्वासको मतमा पनि सकारात्मक हुन सक्छौं ।’