१ श्रावण २०८३, शुक्रबार

साढे ४ करोड लागतमा निर्माण हुने लिफ्ट सहितको आकाशे पुलको शिलान्यास

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङगतामैत्री आकाशे पुल निर्माण हुने भएको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी अपाङ्गमैत्री आकाशे पुल निमार्ण कार्यको सोमबार शिलान्यास गर्नुभएको हो । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

आठ मिटर भन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताउनुभयो ।

महर्जनले भन्नुभयो, ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशे पुल बनाउने निधो गरेका हौँ ।’

पुल ललितपुर महानगरको वडा नं. १३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

महानगरले ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले जानकारी दिनुभयो ।