४ असार २०८३, बिहिबार

हतकडीसहित भागेका थुनुवा समात्ने क्रममा लडेर प्रहरी जवानको मृत्यु

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । दार्चुलामा भीरबाट लडेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न लखेट्ने क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत जवान सुवान चौधरी भीरबाट लड्नुभएको थियो ।

हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उहाँलाई समात्ने क्रममा चौधरी भीरबाट लड्नुभएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

हतकडीसहित फरार कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।