६ असार २०८३, शनिबार

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । महालक्ष्मी विकास बैंंकले २०८१ सालको भित्तेपात्रो प्रकाशन गरेको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को लाई आत्मसाथ गर्दै आएको बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले आज क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको जानकारी दिएको छ ।

क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com मार्फत डाउन्लोड गर्न सक्नुहुनेछ।