
काठमाडौं, २७ फागुन । गरिमा विकास बैंकले आयोजना गरेको वित्तिय जागर कार्यक्रम सम्पन्न भएको छ। बैंकले ब्लु डायमण्ड सोसाईटीका एलजीबिटीक्यू समूहलाई गराएको जागरण कार्यक्रम सम्पन्न भएको हो ।
बैंकको चावहिल शाखाले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको जनाइएको छ ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।







प्रतिक्रिया