१४ असार २०८३, आइतबार

विमल पोद्दारसँग सुन तस्करीमा संलग्न ८ जना भारतीय पक्राउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । व्यवसायी विमल पोद्दारसँग सुन तस्करीमा संलग्न रहेका आशंकामा आठजना भारतीय काठमाडौंबाट पक्राउ पर्नुभएको छ ।

उहाँहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो। पक्राउ पर्नुहुनेमा भारतीय नागरिकहरू अमिरुद्धिन, दिल्ली पश्चिम घर भएका २३ वर्षीय ध्रुव शर्मा, दिल्ली कृष्ण बिहार घर भएका २५ वर्षीय प्रिन्श शर्मा, दिल्ली पश्चिम घर भएका २२ वर्षीय रोहत कश्यप र दिल्ली रोहिना ब्लक घर भएका २३ वर्षीय दिपन्सु शर्मा सहित ८ जना रहनुभएको छ ।

४४ वर्षीय अमिरुद्धिनले स्वयम्भुस्थित भाडामा लिएको घरमा अरू ७ जना भेटिनुभको हो । अमिरुद्धिन र विमल पोद्दारको बिचमा सुन कारोबारेको ‘कनेक्सन’ देखिएको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोले हुण्डी तथा क्रिप्टोको अनुसन्धान गर्दा पोद्दार हुण्डी र क्रिप्टोमा समेत संलग्न भएको खुलेको थियो।

पोद्दारले अमेरिकादेखि नेपालसम्म सञ्जाल फैलाएर २ खर्ब ८४ अर्ब बढीको हुण्डी तथा क्रिप्टोको कारोबार गरेको तथ्य भेटिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा बरामद गरिएको सुनमा पनि व्यवसायी विमल पोद्दारको ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन्।

यसअघि पोद्दार समूहका १७ जनालाई प्रतिवादी बनाइए पनि ४ जना मात्रै पक्राउ परेका थिए।