२ श्रावण २०८३, शनिबार

दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार दिन सर्वोच्चको आदेश, आगामी ४ गते पेसी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार दिन आदेश दिएको छ ।

आज न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले प्रसाईको मुद्दालाई अग्राधिकार दिन आदेश दिएको हो । प्रसाईले झापामा मेडिकल शिक्षा अध्यापनका लागि बीएन्डसी मेडिकल कलेज निर्माण गर्नुभएको छ ।

तर, सरकारले अनुमति नदिँदा सञ्चालनमा आउन सकेको छैन । सरकारले अनुमति नदिएपछि प्रसाई लगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले प्रसाईको रिट अग्राधिकारमा राख्न निर्देशन दिँदै चैत ४ गतेका लागि पेसी तोक्न आदेश समेत दिएको छ ।