५ श्रावण २०८३, मंगलबार

बिहारमा बिहेमा गोली चलाउँदा एक जना घाइते

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पटना, २७ फागुन । भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती (बारात) निकाल्ने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डान्स गरिरहेका थिए । सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाइते भएका छन् ।

घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडि बढाएको छ । बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टी गरेको छ । बेगूसराय प्रहरीले जति कडाइ गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन् ।

शनिबार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागि जन्ति निकलिरहेको थियो । सोही क्रममा एकजना युवकले गोली फायरिङ गर्दा स्थानीय युवक वर्ष २० का सुबोध यादवलाई गोली लागेको थियो ।