
काठमाडौं, २६ फागुन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं महानगरपालिकामा तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा भएका कामहरु बाहेक हाल नयाँ केही नभएको दाबी गर्नुभएको छ ।
उहाँले हालका मेयर बालेन्द्र साह(बालेन)लाई लक्षित गर्दै शाक्य मेयर भएर गरेका कामभन्दा कुनैपनि नयाँ कामहरु नभएको भन्दै एमालेले यसको लागि आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो विद्यासुन्दर शाक्यले गरेका कामभन्दा अहिले कुन नयाँ कामहरु भएको छ ? हिजो विद्यासुन्दर शाक्य मेयर हुँदा जे काम गर्नुभएको थियो, तिनै कामहरुभन्दा बाहेक नयाँ कुन काम भएको छ ? नयाँ नयाँ खालका झिल्के कुरा गर्ने, जनतालाई अपमानित गर्ने काम बाहेक अहिले के काम भएको छ ? हिजो विद्यासुन्दर शाक्य भएको बेला थालिएका कामहरुभन्दा नयाँ काम नभएकाले यसमा एमालेले बोल्नुपर्छ ।’
राजनीतिक कुरा गरेर मात्रै नहुने भन्दै जनताको मुद्दाको बारेमा पनि आवाज उठाउनु एमालेको कर्तव्य भएको पनि उहाँको भनाई छ । पोखरेलले ८४ को चुनावमा एमालेले बहुमत ल्याउने नसके देशको दुरदशा बदल्न नसक्ने बताउनुभयो ।
शनिबार नेकपा एमाले कामपा ५ वडा कमिटिको १२ औं अधिवेशन उद्घाटन समारोहमा उहाँले एमालेलाई सकाउनको लागि जति षड्यन्त्रहरु भएपनि एमाले पछि नपरेको भन्दै अब ८४ मा बुहमत ल्याउनुपर्ने बताउनुभयो ।









प्रतिक्रिया