३० जेष्ठ २०८३, शनिबार

बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । यसपटक उहाँ चुनाव लड्नुहुने छैन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएको थियो ।

उहाँ २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य हुनुभएको थियो । थेरेसा मे अहिले ६७ वर्षकी हुनुभो । उहाँ सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद हुनुहुन्थो र बर्कशायर सिटबाट सात पटक निर्वाचित हुनुभयो । उहाँले जुन २०१६ मा भएको जनमतसंग्रह पछि संसद मार्फत ब्रेक्सिट सम्झौताका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

यो घोषणासँगै उहाँ आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल हुनुभयो ।

पूर्व क्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसअघि नै गरिसक्नुभएको छ ।