२३ असार २०८३, मंगलबार

इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन् ।

शुक्रबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा एक एक अंक लिएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औं मिनेट गोल गरेको थियो ।

नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो ।

६४ औं मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।

त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे ।

बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ । उसले १२ खेलमा जित र ८ खेलमा पराजय ब्यहोरेको छ ।

यता, समाना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ ।