
काठमाडौं, २५ फागुन । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको छ ।
राति अधिकारीको सरकारी निवासमा ढुंगामुढा र आगजनी भएको हो । अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी गरेको हो ।
आगजनी र ढुंगामुढा भएपछि अधिकारी झ्यालबाट हाम फालेर भाग्नुभएको थियो ।
आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया