१५ असार २०८३, सोमबार

मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान्, होस् गर्नु !

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री बन्नुभएकाहरूलाई अलग्गै निर्देशन दिनुभएको छ । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिनुभएको हो ।

करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ ।’

अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने स्पष्ट पार्नुभयो । ओलीले भन्नुभयो, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्द्धात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं । प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो ।’

निर्देशन दिने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरु समक्ष वयान दिएको एमालेका एक नेताले जानकारी दिनुभयो । ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरन्जित समाचारबाट जोगिएर काम गर्न पनि भन्नुभएको छ ।

सरकारमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गर्नुभएको छ । उहाँ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ ।

त्यस्तै राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नुभएको छ भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।