२७ असार २०८३, शनिबार

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी हुनुभएको छ ।

शुक्रबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्नेलगायतका विविध आकर्षक प्रस्तुती गरेको थियो ।

साथै मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुती रहेको थियो । राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।