१४ असार २०८३, आइतबार

रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोहम्मद अफसान

मस्को, २५ फागुन । पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।

यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो । त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए ।

भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदरावादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।

अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।

ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् । उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ । त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।