२४ असार २०८३, बुधबार

पाकिस्तानमा पनि मनाइँदैछ महाशिवरात्रि, ६२ भारतीय हिन्दू लाहौर पुगे

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामवाद, २५ फागुन । मुस्लिम राष्ट्र पाकिस्तानमा महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहौर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हासमीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिनुभएको हो ।

‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहौर आइपुगेका छन्, ‘ईटीपीबीले लाहौरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’ उहाँले भन्नुभयो ।

प्रवक्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछ । उहाँका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दूहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गर्नुभएको थियो ।

पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ । यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ । आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।