१ असार २०८३, सोमबार

महालक्ष्मी विकास बैंकद्वारा नवराजबहादुर सिंह छात्रवृत्ति वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा १० अध्ययनका लागि स्वर्गीय श्री नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ।

उक्त छात्रवृत्ति विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व। श्री नवराजबहादुर सिंहको स्मृतिमा स्थापना गरिएको हो।

बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनीलकुमार नेपालले हिराकुमारी जोशीलाई उक्त छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो । उहाँ अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।