
काठमाडौं, २४ फागुन । प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित भएको छ ।
आजको बैठकपछि सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बस्नेगरी स्थगित गर्नुभएको हो । यसैगरी राष्ट्रिय सभाको बैठक पनि फागुन २७ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिएपछि उक्त पद रिक्त छ ।








प्रतिक्रिया