२० असार २०८३, शनिबार

गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् : राजेन्द्र लिङ्देन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद् राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाँडै खोज्नुपर्ने दिन नआओस् भन्दै कटाक्ष गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राप्रपालाई गठबन्धनमा सहभागी हुन चाहेको भएपनि नलिईएको भन्दै गठबन्धनका नेताले भन्नुभएकोमा आक्रोश व्यक्त गर्नुहुँदै गलत अर्थ लगाइएकाले विषय नोटिसमा राखेको बताउनुभएको हो ।

सांसद लिङ्देनले भन्नुभयो, ‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि यस सरकारमा सहभागी हुन इच्छुक थियो । उसले पनि प्रयास गरेको थियो भन्ने अर्थहरु पनि लगाइयो मात्र होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले नलिने भन्नुभएको छ । हामीले नलिने भएका छौं भन्नुभयो । यसलाई राप्रपाले नोटिसमा राखेको छ । फेरी पनि भन्छु नोटिसमा राखेका छौं । हामी सत्ताकेन्द्रित चलखेलमा सामेल हुँदैनौं भनेका थियौं । तपाईंको यो गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’

लिङ्देनले अहिलेको व्यवस्थामा रहेको त्रुटीको डङ्गुरमाथि बसेर देश र जनताको लागि काम गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गरेर अगाडि जान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।