४ असार २०८३, बिहिबार

निर्वाचन आयोगले दिएन रेशम चौधरीलाई पार्टी अध्यक्षको मान्यता, गयो पद

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ ।

आयोगले चौधरीलाई अध्यक्ष चयन गर्ने अधिवेशन नै अवैधानिक ठहर गरेको हो । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाउनुभएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

आयोगले आगामी दिनमा दलको विधान र प्रचलित कानून प्रतिकूल कार्य नगर्न नगराउनसमेत पार्टी केन्द्रीय समितिलाई सचेत गराएको छ ।