२४ जेष्ठ २०८३, आइतबार

चित्रबहादुर केसीले रवि लामिछानेलाई भन्नुभयो- सहकारी ठग !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगको उपमा दिनुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नुभएका केसीले सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको समेत बताउनुभएको छ।

दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउने अध्यक्ष केसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।