७ असार २०८३, आइतबार

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी एक्सटेन्सन काउण्टरबाट बुधबारदेखि कारोबार शुभारम्भ गरेको छ ।

एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।