१७ असार २०८३, बुधबार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि संसद सचिवालयले आवह्वान गरेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधिसभा र दिउँसो १:१७ बजे राष्ट्रिय सभाको बैठक सचिवालयले बोलाएको छ ।

यसअघि फागुन २१ गते बोलाइएको बैठक स्थगन भएको थियो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ ।

राष्ट्रिय सभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अध्यक्षको पदपूर्ति भैनसकेका कारण उपाध्यक्ष उर्मिला अर्यालले सदन सञ्चालन गर्नुहुनेछ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहोर्‍याइएको छ ।