१९ असार २०८३, शुक्रबार

पहाडमा आंशिक बदली, एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भएपनि बाँकी भूभागको मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिकमात्रै प्रभाव छ ।

बिहीबार विहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।