५ असार २०८३, शुक्रबार

ब्रेक फेल हुँदा सुमो दुर्घटना, १० जना घाइते

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ फागुन । कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको बकैया-११ सिमातमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३२२ नम्बरको सुमाको ब्रेक फेल भई अनियन्त्रि हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको हेटौंडास्थित हेटौंडा अस्पताल र सहकारी अस्पताल उपचार भइरहको छ ।

सुमो चालक मकवानपुरको राक्सिराङ-२ बस्ने २२ वर्षीय सरोज प्रजा प्रहरी नियन्त्रणमा रहेको डिएसपी भण्डारीले बताउनुभयो ।