३२ असार २०८३, बिहिबार

मकवानपुरमा गुडिरहेको खाली ट्रकमा आगलागी हुँदा जलेर नष्ट

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २३ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

बुधबार साँझ मनहरी-९ चौधमाइलमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ख ६१८ नम्बरको खाली ट्रकमा तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट मानवीय क्षति नभएको तर ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगो करिब १ घण्टामा प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।