३१ जेष्ठ २०८३, आइतबार

कैलालीमा एक युवक मृत फेला

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ फागुन । कैलालीमा बुधबार एक जना मृत अवस्थामा फेला परेका छन्।

भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुषलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको पाइन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।