२९ जेष्ठ २०८३, शुक्रबार

माधव नेपाल सकारात्मक भएको कांग्रेसको दाबी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ ।

वैकल्पिक सत्ता गठबन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । अध्यक्ष नेपाल र सभापति शेरबहादुर देउवा, रमेश लेखकबीच भेटवार्ता भएपछि कांग्रेसले यस्तो दाबी गरेको हो ।

भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाउनुभएको छ ।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बीचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।’ उहाँले भन्नुभएको छ ।