
संखुवासभा, २३ २३ फागुन । नेकपा (एमाले) संखुवासभाको उपाध्यक्षमा शान्तिकुमार दाहाल विजयी हुनुभएको छ ।
नवौं जिल्ला अधिवेशनको क्रममा गएराति सम्पन्न मतगणना परिणममा दाहाल विजयी हुनुभएको हो । अध्यक्षमा सर्वसम्मत खड्ग राई निर्वाचित भएपछि अन्य पदमा निर्वाचन भएको थियो ।
राति अवेर सम्पन्न भएको मत गणनाबाट सचिवमा गोपाल श्रेष्ठ, उपसचिवमा लेखनाथ बुढाथोकी र सुनिता कटुवाल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत भविस्वर गुरुङले सर्वसम्मत र निर्वाचन प्रकियाबाट नयाँ नेतृत्व चयन गरिएको बताउनुभयो ।












प्रतिक्रिया