२६ कार्तिक २०८३, बिहिबार

त्रिशूलीमा बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बिहान पौने पाँच बजे नदीमा खसेको थियो ।

बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए । उनीहरुमध्ये ७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ ।

उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य जारी छ ।

बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनामा सामान्य घाइते चालक भने प्रहरीको नियन्त्रणमा छन् ।