
काठमाडौं, २३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित हुनुभएको छ ।
अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई मनोनित गर्नुभएको हो ।
आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
यसअघि आचार्यले महासंघमा रोजगारदाता परिषद्को उपसभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हानुभएको छ ।









प्रतिक्रिया