२४ जेष्ठ २०८३, आइतबार

एमाले थाहा नगर अधिवेशनको उद्घाटन ईश्वर पोखरेलले गर्नुहुने

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ फागुन । नेकपा (एमाले)को थाहा नगरपालिका अधिवेशनको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुहुने भएको छ ।

फागुन २८ गते प्रमुख अतिथि पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटनमा एमाले पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवाली, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतको आतिथ्यता रहने जनाइएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिव पदाधिकारीसहित अधिकतम ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ । महत्त्वका साथ हेरिएको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ ।

अधिवेशनका लागि खुल्ला १ सय १३, महिला ४० र दलित २३ गरी कुल १ सय ७६ जना प्रतिनिधिहरु वडा अधिवेशनबाट चयन भइसकेका छन् ।