८ असार २०८३, सोमबार

अर्बपति मुकेश अम्बानीका छोरा अनन्त : धन मात्र भएर के गर्नु, संस्कार नभएपछि !

104.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको एउटा दृश्यले अहिले संसारको ध्यान खिचेको छ ।

१ मार्चदेखि ३ मार्चसम्म गुजरातको जामनगरमा भएको अनन्त र राधिकाको प्रि–वेडिङ सेलिब्रेसनका क्रममा अनन्त र राधिकाको एक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ ।

दृश्यमा उनीहरुले जामनगर र वरपरका गाउँका स्थानीयहरुलाई बोलाएर खाना खुवाइरहेका देखिन्छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रि–वेडिङ सेलिब्रेसन अघि ‘अन्न सेवा’ नाम दिइएको यो कार्यक्रममा अनन्तको जोडीले आफ्नै हातले खानेकुरा बाँडेका थिए । तर, यहाँ अनन्तले खानेकुरा बाँड्ने तरिकालाई भने धेरैलाई मजाक भइरहेको छ । धन मात्र भएर के गर्नु व्यवहार देखाउने संस्कार नभएको भन्दै उनको टिप्पणी पनि भइरहेको छ ।

तपाईं पनि हेर्नुस् खर्बपतिका छोराले नांगो हातैले खानेकुरा बाँडेको देखिन्छ । स्वास्थ्यका हिसाबले यो कुनै पनि हिसाबले स्वस्थकर होइन । खाना बाँड्दै गर्दा अनन्त रातो रंगको कुर्ता र सेतो पायजामामा देखिएका थिए भने राधिका गुलाबी, सुन्तला रंगको दुपट्टा र भारी गहना लगाएको लुकमा थिइन् । राधिकाले भने चम्चाले खानेकुरा बाँडेकी थिइन ।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन् । ४ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरुले २०२२ मा इन्गेजमेन्ट गरेका थिए । अनन्त र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ ।