२१ जेष्ठ २०८३, बिहिबार

एकैदिन २ हजार रुपैयाँले बढ्यो सुन

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ ।

आज सुनको तोलामै दुई हजार रुपैयाँँले मूल्य वृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ ।

आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य वृद्धि नगर्दा सोमबार आइतबारकै मूल्यमा छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । तर, महासंघले मंगलबार फेरि सुनको भाउ दुई हजार रुपैयाँले बढाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला २ हजार रुपैयाँले बढाएर एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भैरहेको महासंले जनाएको छ ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्य एकैदिन ३५ रुपैयाँले बढाएर आज प्रतितोला १४ सय ४५ रूपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो ।