७ असार २०८३, आइतबार

मोरङमा गाडीको ठक्करबाट युवकको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ फागुन । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका–६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्रामथान–६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्राका क्रममा उनलाई सवारी साधनले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनलाई ठक्कर दिने सवारी साधनको खोजीका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।