
काठमाडौं, २२ फागुन । सत्ता समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी पनि आन्तरिक छलफलमा जुटेको छ ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ ।
बैठक बिहान १० बजे काठमाडौंमा बस्नेछ । बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको छ ।
‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौँ ।’ पार्टीका महासचिव गंगाराम चौधरीले भन्नुभयो, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ । नभए बाहिर बस्छौँ ।’









प्रतिक्रिया