
काठमाडौं, २२ फागुन । नयाँ सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।
दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रालय बाँडफाडबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने बताइएको छ ।
सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरुमा नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ, नेकपा (एमाले)बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।
बाँकी मन्त्रीबारे आजको बैठकमा निर्णय हुने बताइएको छ ।








प्रतिक्रिया