१० असार २०८३, बुधबार

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण , संगठन सुदृढीकरण योजना, प्रशिक्षण कार्यक्रम र सक्रिय सदस्यता वितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नुहुनेछ भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ ।