
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि मिसन ८४ नछोड्ने स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ । राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य हो । मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दामाथिको कुरा छ ।’
अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गर्नुभयो । ‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो । उहाँले भन्नुभयो, ‘मजदुरको अवस्था यस्तै थियो उहिले नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो । सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ लिन पाए ? ।’
समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उहाँको भनाई छ ।







प्रतिक्रिया