३१ असार २०८३, बुधबार

विगतको गल्ती स्विकार्दै बामपन्थी एकताको अध्याय सुरू भयो : माओवादी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र)ले विगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्विकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकले विगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको बामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ ।’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भन्नुभयो ।

उहाँका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।