१८ असार २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, प्रदेशदेखि केन्द्रसम्म नयाँ सरकार

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

निजी निवास बालकोटमा पार्टीको सचिवालय बैठक सके लगत्तै अध्यक्ष ओली बालुवाटार पुग्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने तयारी भइरहँदा अध्यक्ष ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बस्ने तयारी रहेको बुझिएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धन भत्तिकएसँगै नयाँ गठबन्धन बनाएर आजै नयाँ सरकार गठन गर्ने अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।

बदलिँदो राजनीतिक घटनाक्रमसँगै प्रदेशदेखि केन्द्रसम्म नयाँ समिकरण बनाएर जाने नेताहरुको तयारी छ ।