६ असार २०८३, शनिबार

कानुन समितिको बैठक स्थगित

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु विकसित राजनीतिक परिस्थितिप्रति आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक स्थगित भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोधन प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिनका लागि आज बिहान ७:४५ बजे समितिको बैठक बोलाइएको थियो । तर, बैठकमा सहभागी हुन चार जना मात्रै समिति सदस्य उपस्थित हुनुभयो ।

नेपाली कांग्रेसका जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा, एमालेकी प्रतिक्षा तिवारीलगायतका समिति सदस्यहरु बैठक कक्षमा पुगेपनि अन्य सहभागी नभएपछि बैठक दुई घण्टापछि स्थगित भयो ।