२८ असार २०८३, आइतबार

भत्कियो सत्ता गठबन्धन, आजै नयाँ सरकार बन्ने

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । ८ दलीय सत्ता गठबन्धन भत्किएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता गठबन्धन भत्किएको हो ।

अब नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच गठबन्धन हुने भएको छ । आजै नयाँ सरकार बन्ने बताइएको छ ।

यसैबीच, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ समीकरणसहित सरकार गठन हुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै नयाँ समीकरण बन्ने र आजै सानो आकारको मन्त्रिमणल बन्ने उल्लेख गर्नुभएको छ ।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।’ उपाध्यक्ष पाण्डेले भन्नुभएको छ ।