१४ असार २०८३, आइतबार

रास्वपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

सोमबार बिहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निर्णयहरू लिने अधिकार सभापतिलाई दिएको हो ।

बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गर्नुभएको थियो ।

सत्ता गठबन्धनमा खटपट पैदा भइरहेका बेला आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति लामिछानेसहितसँग चरणबद्ध वार्ता गर्नुभएको थियो ।

‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल भयो, त्यसपछि फरक राजनीतिक समीकरणको पनि सम्भावना नहुने भन्ने हुँदैन ।’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो ।