११ असार २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ ।

यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ । आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ । आइतबारको तुलनामा पाउण्ड आज बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।