
काठमाडौं, २१ फागुन । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गर्नुभएको थियो । भेटवार्तापछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








प्रतिक्रिया