१५ असार २०८३, सोमबार

सामाजिक सञ्जालबाट ठगी गर्ने ४ जना पक्राउ

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, भक्तपुरको गठ्ठाघर बस्ने बाराको कलैयाका २२ वर्षीय रामसेवक राम र पर्साको वीरगंज–१५ का २४ वर्षीय आकाश साह सोनार पक्राउ परेका हुन् ।

उनीहरुले जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फेसबुक पेज खोलेर म्यासेन्जर र ह्वाट्सएपबाट अडियो तथा भिडियो कल गरि आकर्षक गिफ्ट दिने भन्दै पाँच जनाबाट ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन् ।